२०८१ मंसिर २१, शुक्रबार

माप्य दुधकोशी गाउँपालिका खुल्ला खेलकुद प्रतियोगिता र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी सम्पन्न !

तयारी सम्पन्न

माप्य दुधकोशी गाउँपालिकाको आयोजनामा भोलि पौष २५ गते देखि २८ गते सम्म पालिकाकै रङगशालामा विभिन्न विधामा खेलहरु सन्चालन गरि राष्ट्रपति रनिङ शिल्ड र खुल्ला खेलकुद प्रतियोगिता सन्चालन गर्ने तयारी सम्पन्न भएको पालिका उपाध्यक्ष गौरव राईले बताउनु भएको छ ! भलिबल खुल्ला पुरुष तर्फ १५ टिम, महिला १० टिम, भलिबल नै विद्यालय तर्फ पुरुष ६ टिम, महिला ७ टिम, व्याडमिन्टन खुल्ला तर्फ पुरुष २५ टिम र महिला ९ टिम सहभागीताको लागि टिम दर्ता भईसकेको उपाध्यक्ष राईले जानकारी दिनुभएको छ !
उपाधिहरु खुल्ला भलिवल पुरुष महिला सम्मान राशी ३००००/- दोस्रो २००००/- तेस्रो १५०००/- ट्रफि मेडल प्रमाण पत्र, व्याडमिन्टन तर्फ पुरुष महिला सम्मान राशी प्रथम १५०००/-दोस्रो १२०००/- तेस्रो ८०००/- तेर्सो ८०००/- टर्फि मेडल प्रमाण पत्र रहने छ भने उता राष्ट्रपति रनिङशिल्ड तर्फ विभिन्न विधामा खेल नम्बरको आधारमा विजेता घोषणा हुने र भलिबल तर्फ भने महिला पुरुष सम्मान राशी प्रथम १००००/- दोस्रो ८०००/- तेस्रो ६०००/- टर्फि मेडल प्रमाण पत्र रहने छ ! खेल २८ गते ऐतिहासिक रुपमा स्थानिय तहको दोस्रो कार्यकालको पहिलो राष्ट्रपति खुल्ला खेलकुद प्रतियोगिता सम्पन्न हुनेछ!

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *