२०८१ असार ३२, सोमवार

थुलुङ दुधकोशी गाउँ पालिकाले एमबीबीएस अध्ययनको लागि आवेदन माग्यो

मनकारी अध्यक्षले आफ्नो सेवा समेत छात्रवृत्तिमा योगदान गरे

थुलुङ दुधकोशी गाउँ पालिकाले गाउँ पालिका भित्रका जेहेन्दार छात्र/छात्रा मध्यबाट डाक्टर पढ्न इच्छुक विद्यार्थी मध्यबाट छात्रवृत्तिको लागि आवेदन मागेको छ । समाजिक संजालमा सो बारे जानकारी दिदै अध्यक्ष असिम राइले फेसबुकमा लेखेका छन “थुलुङ दुधकोशी गाउँ पालिका अध्यक्षको रुपमा मैले प्राप्त गर्ने सम्पुर्ण सेवा सुविधा तथा पालिकाको थप आर्थिक सहयोगबाट गाउँ पालिका भित्रका गरिब तथा जेहेनदार १ जना विद्यार्थी भाई /बहिनीलाई MBBS Doctor पढाउने निर्णय अनुसार इच्छुक योग्यता पुगेकाहरुले आवेदन दिन अनुरोध छ।” हामी सङको कुराकानीमा अध्यक्ष राइले सुलभ स्वास्थ सेवा पाउने गाउँ पालिका बासिको हकको सुनिश्चितता गर्नको लागि आफ्नो गाउँ पालिकाले आफ्नै जनशक्ति उत्पादन गर्नु अपरिहार्य रहेको बताए। डाक्टर जिल्ला स्थित अस्पतालमा समेत बस्न नमान्ने अवस्था विध्यमान रहेको अवस्थामा गाउँ पालिका ले आफ्नो उदेश्य अनुरुप जनशक्ति उत्पादन गर्न लगानी गर्नु लाई स्थानिय ले अत्यन्तै सकारात्मक कदमको रुपमा लिएको बताएका छन।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *