२०८१ साउन ५, शनिबार

थुलुङ दुधकोशी गाउँपालिकामा कफी प्रशोधन हुने !


थुलुङ दुधकोशी गाउँपालिकामा कफी प्रशोधन हुने भएको छ । इको हिमाल नेपालको समन्वयमा द ग्लासियर ट्रष्ट बेलायत र थुलुङ दुधकोशी गाउँपालिकाको सहकार्यमा कफी प्रशोधन हुने भएको हो ।

जसको लागि करिब ७० लाख मुल्य बराबरको प्रशोधनका उपकरण खरिद गरिने छ । उपकरण खरिदमा गाउँपालिका र द ग्लासियर ट्रष्टको लगानी हुने छ भने अन्य तालिम लगायतमा इको हिमाल नेपालको भुमिका रहने बताइएको छ । थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राई, इको हिमाल नेपालका कार्यकारी निर्देशक नारायण ढकाल र द ग्लासियर ट्रष्ट बेलायतका प्रमुख रिचार्ड सहितको बैठक बसी निश्कर्षमा पुगेको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।

प्रवक्ता कार्कीका अनुसार गाउँपालिका केन्द्र मुक्लीमा विहिबार नै कफी प्रशोधनका लागि आवश्यक संरचना लगायतको अध्यायन गरिएको छ । थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राई, इको हिमाल नेपालका कार्यकारी निर्देशक नारायण ढकाल र द ग्लासियर ट्रष्ट बेलायतका प्रमुख रिचार्ड सहितले स्थलगत अध्ययन गर्नुभएको हो ।

थुलुङको कफी विश्व बजारमा पु¥याइने
थुलुङ दुधकोशी गाउँपालिकाले स्थानीय स्तरमा उत्पादित कफीलाई विश्व बजारमा पु¥याउने भएको छ । गाउँपालिका केन्द्र मुक्लीमा प्रशोधन गरि ब्राण्डिङ गर्ने र विश्ब बजारमा पु¥याइने गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिनुभयो ।

गाउँपालिकाको देउसा लगायतको क्षेत्रमा उत्पादन भएको कफी विश्वमानै उत्कृष्ट रहेको पाइएको इको हिमाल नेपालका कार्यकारी निर्देशक नारायण ढकालले बताउँनुभयो । परीक्षणको क्रममा अन्य जिल्लाको तुलनामा सोलुखुम्बुको कफी विश्वमा नै उत्कृष्ट रहेको पाइएको उहाँको भनाई छ ।

कफी खरिदका लागि बीऊ पुँजी निर्माण
कफी निर्यातमा रोक लगाएको थुलुङ दुधकोशी गाउँपालिकाले कृषकको कफी खरिदका लागि कृषि बनश्रोत केन्द्र देउसालाई जिम्मा दिने भएको छ । यस अघिनै गाउँपालिकामा उत्पादन भएको कफी बाहीर निर्यात गर्न रोक लगाउने पालिका अध्यक्ष स्तरीय निर्णय भएको थियो ।

सोही निर्णय कार्यान्वयनार्थ बीऊ पुँजीको रुपमा थुलुङ दुधकोशी गाउँपालिकाले रु.४ लाख र इको हिमाल नेपालले रु.४ लाख गरि जम्मा रु.८ लाखको छुट्टै खाता निर्माण जम्मा गर्ने गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।

कफीको बैज्ञानिक मुल्य निर्धारण गरि कृषकबाट खरिद गरि प्रशोधन गर्ने भएपछि कृषकलाई सहज हुने गाउँपालिकाले विश्वास लिएको छ । विगत ५ वर्ष देखि देउसा कृषि बन श्रोत केन्द्रले कफी खरिद गरि निर्यात गर्दै आएको छ । देउसामा संकलन भएको अधिकांश कफी नेपाल अर्गानिक कफी काठमान्डौ लाने गरिएको छ ।

इको हिमाल नेपालको समन्वयमा परीक्षणको लागि बेलायत र जर्मनमा समेत पु¥याएको इको हिमाल नेपालका कार्यकारी निर्देशक नारायण ढकालले बताउँनुभयो । उहाँले भन्नुभयो, “यहाँबाट त्यहा पठाइएको कफीको नजिता सबैभन्दा राम्रो आएको छ ।”

भौतिक पुर्वधार संगै आर्थिक विकासलाई जोड दिएर पालिकाले काम गरिरहेको गाउँपालिका अध्यक्ष असिम राईले बताउँनुभयो

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *