२०८१ मंसिर १९, बुधबार

थुलुङ दुधकोशीमा जारी लोकसेवा तथा शिक्षक सेवा आयोगको तयारी कक्षा सकियो-


थुलुङ दुधकोशी गाउँपालिकामा एक महिना देखि जारी लोकसेवा तथा शिक्षक सेवा आयोगको तयारी कक्षा सकिएको छ । गाउँपालिकाको आयोजनामा जारी उक्त कक्षाको शुक्रबार समापन गरिएको पालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।

प्रवक्ता भोजराज कार्कीका अनुसार कक्षामा सहभागीलाई माग अनुसार आयोग तयारीका लागि आवश्यक पुस्तक समेत वितरण गरिएको छ ।

दक्ष जनशक्ति निर्माण गर्ने उदेश्य सहित पालिकाले सञ्चालन गरेको तयारी कक्षा अति नै प्रभावजारी बनेको सहभागी रेनुकला राईले बताउनुभयो । एक महिना धेरै ज्ञानका कुरा मात्र नभई पढ्ने तरिका समेत सिक्न पाएको भन्दै उहाँले यसलाई आधार बनाएर अध्ययन गरेको खण्डमा सफल हुने हिम्मत रहेको बताउनुभयो ।

निजामती सेवा तथा लोक सेवा आयोगको तयारीका बारेमा वृहत् जानकारी पाएको अर्का सहभागी सविता खत्रीले बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै पालिका उपाध्यक्ष सविता राईले गाउँपालिकाले भौतिक विकास सङ्गै सामाजिक विकासलाइ सङ्गसङ्गै अघि बढाएको बताउनुभयो । युवाहरूलाई लगनशील भएर अध्ययन गरि निजामती र स्थायी शिक्षक बन्न शुभकामना दिदै उपाध्यक्ष राईले मेहनतले मानिसलाई सफल बनाउने बताउनुभयो ।

समापन कार्यक्रममा वडा नम्बर ६ का वडा अध्यक्ष महेन्द्रदिप राई र वडा नम्बर ७ का वडा अध्यक्ष तथा पालिका प्रवक्ता भोजराज कार्कीले एक महिने तालिममा सिकेको कुरालाइ व्यवहारमा प्रयोग गर्दै मेहनत गरि सफल हुने शुभकामना दिनुभयो ।

तालिममा ८६ जनाको सहभागिता थियो । विहान र बेलुका गरि दुई चरणमा सञ्चालन गरिएको कक्षाको सहजीकरण पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खरिधन कुलुङ सहितले गर्नुभएको थियो

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *